खेती गर्न अनुदान, बेच्न एम्बुलेन्स – Myhimaldotcom
Friday 26, April 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

खेती गर्न अनुदान, बेच्न एम्बुलेन्स

सुशील मैनाली र रञ्जित तामाङ , १७ फाल्गुन २०७७, सोमबार ०९:३५

असल अभ्यास २

स्याङ्जा, फेदीखोला गाउँपालिका

यूवाहरु बिदेशिएपछि बाँझो रहेको १७ सय ३४ रोपनीमा खेति गर्न फेदिखोला गाउँपालिकाले अनुदान दियो । यो बर्ष मात्रै ५ करोड रुपैयाँ बराबरको अन्न किन्ने पैसा गाउँबाट बाहिर गएन ।

अन्यत्र जस्तै यूवाहरु कामका लागि गाउँ छोडेर हिंडे । गण्डकी प्रदेशको फेदिखोला गाउँपालिकामा ६ हजार ४ सय २४ रोपनी जग्गा बाँझो रह्यो । अनि स्थानीय वासिन्दालाई चाहिने खाद्यान्न आयात गर्नुपर्ने भयो । तर गाउँपालिकाले जग्गा बाँझो रहन नदिने नीति लिएपछि विदेशिएकाहरु समेत आउन थालेका छन । बाँझो रहेको जग्गामा खेति गर्न चाहनेलाई गाउँपालिकाले अनुदान दिने गरेको छ । आफ्नै बाँझो जग्गामा खेति गर्नेलाई प्रति रोपनी २ हजार रुपैयाँ र अरुको जग्गा भाडामा लिएर खेति गर्नेलाई प्रति रोपनी २५ सय रुपैयाँ दिने गरेको छ ।

खेति मात्रै होइन, गाउँपालिकाले शिक्षालाई समेत आफ्नो प्राथमिकतामा राखेको छ । यही भएर नै गाउँपालिकाको कुल बजेटको ३८ प्रतिशत शिक्षा क्षेत्रको सुधार र विकासका लागि छुट्याइएको छ ।

ज्येष्ठ नागरिक स्याहार कार्यक्रम अन्तरगत घरघरमै गएर स्वास्थ्य जाँच गरिन्छ । चाहिने औषधिमुलो घरमै उपलब्ध गराइन्छ ।

किसानको उत्पादन बजारसम्म पुर्याउन कृषि एम्बुलेन्सको व्यवस्था गर्ने र किसानले उत्पादन गरेको बालीको समर्थन मुल्य तोक्ने जस्ता महत्वपुर्ण निर्णय समेत गाउँपालिकाले गरिसकेको छ । बिक्री नभए वा बिक्री गर्न जान नसक्ने किसानको उत्पादन गाउँपालिकाले नै खरिद गरिदिनेछ ।

फोटोः रुजेश कर्माचार्य

पुरा रिपोर्ट हेर्न तलको लिंकमा जानुहोला ।

भिडियो

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019