सदाचारी उद्यमशिलताको नेतृत्व महिलाले मात्रै गर्न सक्छन — मन्त्री गुरुङ – Myhimaldotcom
Tuesday 23, June 2026
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

सदाचारी उद्यमशिलताको नेतृत्व महिलाले मात्रै गर्न सक्छन — मन्त्री गुरुङ

माइहिमाल डट कम , Saturday February 15, 2020

“अब महिलाहरुलाई तालिम सशक्तितरण लगायत विभिन्न नाममा अलमल्याएर अर्धबेरोजगार मात्रै बनाउने कामको अन्त्य गर्नु जरुरी छ ।” ११० औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पर्वतको बेनीमा आयोजित कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले भन्नुभयो । विगत लामो समयसम्म महिलाको क्षेत्रमा भएका काम र त्यसको उपलब्धी सोचेजस्तो हुन सकेको छैन । सरकार आफैंले समेत दिएका अनुदान र गरेका विभिन्न कार्यक्रमतर्फ लक्षित गर्दै मन्त्री गुरुङले भन्नुभयो, “विगतको नतिजालाई समेत हेरेर सरकार महिलालाई उद्यमी बनाउने कामको थालनी गर्दैछ । यसको नतिजा आउने बर्षको बजेटमा समेत देखिनेछ ।”

स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार र विभिन्न संघसंस्थाहरुले गरेका महिला लक्षित कार्यक्रमहरु कागजमा लेखिएजस्तो र उनीहरुले भनेजस्तो गरि संचालन हुन सकेका छैनन । यस्ता कामको समिक्षा हुन नसक्दा असन्तुष्टि बढेर गएको छ । “असन्तुष्टिलाई सन्तुष्टिमा र निराशालाई उत्साहमा रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माणको लागि महिलालाई केन्द्रमा राखेर सरकार अघि बढ्नेछ । अबको युग भनेको महिला उद्यमीहरुको युग हो ।” पर्वतको बेनीमा यही फागुन ११ गतेसम्म चल्ने तेह्रौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको र्याली सहभागी भैसकेपछिको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भन्नुभयो, “अब हुने आर्थिक परिवर्तन र सदाचारी उद्यमशिलताको नेतृत्व महिलाले गर्नेछन ।”

नारी उत्थान समाजद्वरा संचालित सामुदायिक रेडियो दिदीबहिनीको दशौं बार्षिक उत्सवको अवसर पारेर गरिएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गर्नु भएको थियो ।

आउने फागुन ११ गतेसम्म चल्ने तेह्रौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सवमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019