दुर्गमको बाध्यता हो, नियती हो – डा. मनोज कुमार तिमिल्सैना
नमस्ते, म चैं डाक्टर मनोज कुमार तिमिल्सैना । बितेका ६ महिनादेखि कोटडाँडा प्राथमिक स्वास्थ्य केन्द्र, मुगुमा कार्यरत छु ।
मानिलिउँ सुगम ठाउँमा एक बर्षसम्म सुत्केरी प्रोत्साहन भत्ता दिन सकिएन, समयमै भिटामिन ए को क्याप्सुलहरु खुवाउन सकिएन, समयमै भ्याक्सिनहरु पुगेन भने चैं के हुन्छ ? त्यही कुरालाई ठूलो इस्युका रुपमा अगाडि बढाइन्छ, तर हामी दुर्गम ठाउँमा यो त हाम्रो नियमित बाध्यता जस्तै भएको छ, नियती नै भएको छ ।
सुत्केरी भत्ता एक बर्षसम्म नपाउने, सामान्य भिटामिन ए क्याप्सुलहरु उपलब्ध नहुने, सामान्य आवश्यक पर्ने भ्याक्सिनहरु उपलब्ध नहुने यो हाम्रा लागि चैं सामान्य जस्तै भएको छ । त्यही भएर दुर्गममा चिकित्सकहरु नपुगेका होइनन, दुर्गममा सम्बन्धित निकाय नपुगेको हो, राज्यको नीति नपुगेको हो ।
माइहिमाल टिभिकाे रिपाेर्ट हेर्न तलकाे लिंकमा जानुहाेला । पुरा भिडियाे केही दिनपछि ।