दोलखाबाटै निस्कन्छ १८३५ मेगावाट बिजुली – Myhimaldotcom
Friday 3, May 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

दोलखाबाटै निस्कन्छ १८३५ मेगावाट बिजुली

माइहिमाल डट कम , २४ श्रावण २०७६, शुक्रबार ०९:०१

अहिले नेपालमा १२१५ मेगावाट बिद्युतको माग छ । नेपालमा जडान भएका जलविद्युतको क्षमता १३२५ मेगावाट छ । आउने बर्ष थप १,३०० मेगावाट बिजुली उत्पादन हुने अनुमान छ ।

 

दोलखामा अहिले चालु रहेका आयोजनाबाट १७.५५३ मेगावाट बिजुली उत्पादन भइरहेको छ । अनि निर्माणको अनुमति पाएका आयोजना सम्पन्न हुँदा ९०३.३३३ मेगावाट बिजुली उत्पादन हुन्छ ।

 

बढीमा अबको ४ बर्षमा दोलखाबाट मात्रै ९२०.८८६ मेगावाट बिजुली निस्कन्छ । अनि सर्भेक्षणका लागि अनुमति दिएका आयोजनाबाट थप ९१४.३६५ मेगावाट बिजुली निस्कन्छ । यसरी अहिलेकै हिसाबमा पनि दोलखाबाट १८३५ मेगावाट बिजुली सजिलै निस्कन्छ । तर यसका लागि प्रशस्तै काम गर्नुपर्छ । दोलखा सडक संजालबाट जोडिइसकेको हुनाले यो काम अन्त भन्दा धेरै सजिलो हुनेछ । अनि राजधानी नजिकै भएका कारण यसको नियमित निगरानी र अनुगमन समेत सजिलै गर्न सकिन्छ ।

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019