दुर्गमको बाध्यता हो, नियती हो – डा. मनोज कुमार तिमिल्सैना – Myhimaldotcom
Thursday 5, December 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

दुर्गमको बाध्यता हो, नियती हो – डा. मनोज कुमार तिमिल्सैना

माइहिमाल डट कम , २४ श्रावण २०७६, शुक्रबार ०६:३६

नमस्ते, म चैं डाक्टर मनोज कुमार तिमिल्सैना । बितेका ६ महिनादेखि कोटडाँडा प्राथमिक स्वास्थ्य केन्द्र, मुगुमा कार्यरत छु ।

मानिलिउँ सुगम ठाउँमा एक बर्षसम्म सुत्केरी प्रोत्साहन भत्ता दिन सकिएन, समयमै भिटामिन ए को क्याप्सुलहरु खुवाउन सकिएन, समयमै भ्याक्सिनहरु पुगेन भने चैं के हुन्छ ? त्यही कुरालाई ठूलो इस्युका रुपमा अगाडि बढाइन्छ, तर हामी दुर्गम ठाउँमा यो त हाम्रो नियमित बाध्यता जस्तै भएको छ, नियती नै भएको छ ।

सुत्केरी भत्ता एक बर्षसम्म नपाउने, सामान्य भिटामिन ए क्याप्सुलहरु उपलब्ध नहुने, सामान्य आवश्यक पर्ने भ्याक्सिनहरु उपलब्ध नहुने यो हाम्रा लागि चैं सामान्य जस्तै भएको छ । त्यही भएर दुर्गममा चिकित्सकहरु नपुगेका होइनन, दुर्गममा सम्बन्धित निकाय नपुगेको हो, राज्यको नीति नपुगेको हो ।

माइहिमाल टिभिकाे रिपाेर्ट हेर्न तलकाे लिंकमा जानुहाेला । पुरा भिडियाे केही दिनपछि ।

 

 

भिडियो

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019