लार्के भञ्ज्याङमा काल पर्खँदा
मैले अब धेरै काम गर्न बाँकी थिएन । दुईजनाको संयुक्त फोटो खिच्न क्यामरा ठिक्क पार्नु र जिउँदै उद्धार गर्न भनेर आएको टोलीले हाम्रो लास सजिलै भेट्टाओस भनेर संकेत राख्नु । मलाई हाम्रा उद्दारकर्ताले देख्न सक्ने गरी एउटा अनुरोध लेखेर छाड्न मन लागेको थियो । हाम्रो शरीरलाई आफू चीर निद्रामा बसेको ठाउँ लार्के भन्ज्याङमै छोडिदिनू भनेर । मेरो लासलाई यस्तो सुन्दर, प्राकृतिक र पवित्र ठाउँबाट उठाएर वाग्मती किनारको फोहर आर्यघाटमा नलगिदिए हुन्थ्यो जस्तो लागेको थियो मलाई ।
तलकाे लिंक क्लिक गरि माेहन मैनालीलाई सुन्दै घुम्दै गराैं ।
फाेटाेः माेहन मैनाली