मरेबाँचेको केही थाहा छैन, म जाउँ कहाँ भाइटीका लगाउनः भागिरथी टमटा
हाम्रो समाजमा दिदी-भाइको सम्बन्धलाई थप बलियो बनाउने शुत्र तिहारको भाइटीकालाई मान्ने गरिन्छ । गाउँ छोडी देश-परदेश हिंडेका दाजु-भाइले घरमा रहेका दिदी-बहिनीलाई सम्झिने समय पनि यहि हो । यहाँ एकजना दिदीलाई आफ्नो एक्लो भाइको निधार सप्तरंगी टीकाले रंगाउने चाहना २० बर्ष देखि पुरा हुन सकेको छैन । सन् २००० मा सुदुरको दार्चुला जिल्ला ब्यास गाउँपालिका ६ हुतिका ४९ वर्षीय करन लुहार घर चलाउने पैसा कमाउन मलेसिया जान बाध्य भए ।
दुई बर्ष सम्म सम्पर्कमा रहेका उनि त्यसपछि भने सम्पर्क विहिन भए । उनका श्रीमती, छोरा-छोरी र गाउँलेले मरे-बाँचेको भेउ पाउन सकेका छैनन् । करनकी दिदी भागिरथी टमटासँग भाइको फोटो पनि छैन, छ त केवल सम्झना मात्रै । जब भाइटीका नजिक आउन थाल्छ तब दिदीलाई भाइको सम्झनाले सताउन थाल्छ । भाइ आउने आशामा उनले बारीमा फूलाएका सयपत्री र मखमलि फूल पनि कैयौँ वर्ष ओइलाइसके ।
भाइको आउने बाटो कुरेर बसेकी उनि गाउँ नजिकैको दाम्दाकोट स्थित सल्लाघारीतर्फ लाग्छिन र भारि मनले ठाडी भाकमा मार्मिक देउडा गाएर मन हलुका बनाउने प्रयास गर्छिन । विभिन्न कारणले टीका लगाउन नपाएका दिदी र भाइहरुप्रति समर्पित भाइटिका बिशेष देउडा भाका भागिरथी टमटाको स्वरमा जस्ताको तस्तै !