खानेकुरा, औषधि र सौन्दर्य प्रशाधनमा उपयोगी मेन्था – Myhimaldotcom
Friday 3, May 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

खानेकुरा, औषधि र सौन्दर्य प्रशाधनमा उपयोगी मेन्था

सुशील मैनाली , २४ श्रावण २०७६, शुक्रबार ०७:३१

मेन्थाको तेल खानेकुरा, औषधि र सौन्दर्य प्रशाधनका सामान बनाउन प्रयोग गरिन्छ । यसको बजार दिनदिनै बढीरहेको छ ।

मेन्था तुलसी परिवारको एउटा वनस्पति हो । मुल घर भूमध्यसागर क्षेत्रबाट युरोप, अमेरिका, अष्ट्रेलिया बसाईं सरेको मेन्थाको खेति जापान, चिन र ब्राजिलमा धेरै हुन्छ । नेपाली पुदिनासँग मिल्ने बहुबर्षिय बाली मेन्था १० सेन्टीमिटरदेखि ६० सेन्टिमिटरसम्म अग्लो हुन्छ ।

तराईमा पूर्वदेखि पश्चिमसम्म यो निकै सप्रिन्छ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड मार्फत यसको खेती निकै ठाउँमा भईरहेको छ । यसको तेल वास्नादार हुन्छ ।

अहिलेसम्म मेन्थाका करिब २५ प्रजाती भेटिएका छन् । मेन्था मलिलो बलौटे दोमट माटोमा राम्ररी फस्टाउँछ । समुद्र सतहदेखि २,००० फिट उचाइ सम्मको गर्मी हुने र पानी प्रशस्त लगाउन सकिने ठाउँमा यसको खेति गरिन्छ । कडा माटो र पानी जम्ने ठाउँमा यसको खेति गर्नुहुँदैन ।

प्रशस्त नाइट्रोजन भएको माटोमा यो राम्ररी फस्टाउँछ । मल हालेपछि तुरुन्तै सिंचाइ गर्नुपर्छ । विरुवा लगाएको पहिलो बर्ष अन्य झारपात हटाउन बढी गोडमेल गर्नुपर्छ भने दोस्रो र तेस्रो बर्ष मेन्था अलि फैलिएपछि कम गोडमेल गरे पुग्छ ।

मेन्थाको जरा बाहेक अरु सबै भागबाट तेल निस्कन्छ । रोपेको चार महिनामा पहिलो बाली निकाल्न मिल्छ । डाँठ सहितको पुरै विरुवा काटेर निकालेपछि यसलाई घाम नलाग्ने ठाउँमा राखि ओइलाएको मेन्थाबाट बढी र गुणस्तरीय तेल आउँछ ।

बाली संकलन गरी सकेपछि जति सक्दो छिटो डिस्टिलेसन युनिटमा लगेर तेल निकाल्नु पर्छ ।

एक पटक लगाएको मेन्थाबाट तीन बर्षसम्म बाली लिन सकिन्छ । पहिलो बर्ष भन्दा दोस्रो र तेस्रो बर्ष बाली राम्रो हुन्छ र तेल पनि बढी आउँछ । खेति, संकलन र प्रशोधन सबै राम्रोसँग गर्न सके १ हेक्टरमा लगाएको मेन्थाबाट ८० देखि १०० केजी सम्म तेल निस्कन्छ । मेन्थाको तेललाई स्टेनलेस स्टिल वा शिशाको भाँडामा मात्र राख्नुपर्छ ।

मेन्थालाई अन्य बाली जस्तै रोग र किराबाट जोगाउनुपर्छ ।

अहिले यसको बजार मुल्य प्रतिकिलोग्राम १,३५० रुपैयाँ छ । यसको तेल निकासी गर्दा १ किलोको ५० पैसा राजस्व तिर्नुपर्छ ।

भिडियो

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019