सञ्जालभरि खुशीः बस्तीभरि पिडा – Myhimaldotcom
Thursday 2, May 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

सञ्जालभरि खुशीः बस्तीभरि पिडा

माइहिमाल डट कम , ५ पुष २०७६, शनिबार १६:५९

मंसिर अन्तिममा नेपालका हिमाली भेगमा हिउँ पर्यो । मानिसहरु हिउँमा रमाए । हिउँ हेर्न र खेल्न जानेहरुको लर्को लाग्यो । सामाजिक संजालमा यस्तो देखिन्थ्यो, देशभरनै ठूलो चाड मनाईंदैछ । खुशियाली छाएको छ । सबै रमाउँदैछन ।

तर माईहिमालले फरक देख्यो । हिउँ र पानीले धान, गहुँ र मकैपछि नेपालको चौंथो मुख्य खाद्यान्न बाली कोदोलाई क्षति पुर्यायो । पुसको पहिलो साता मानिसहरु त्यही भिजेको कोदो सुकाउन व्यस्त भए । बाली टिप्ने र थन्क्याउने बेलामा आएको पानीले भिजाएको कोदो सुकाउन थप समय र श्रम खर्च गर्नुपर्यो ।

नेपालले विश्वमा फल्ने कोदोको १ दशमलव १ प्रतिशत भाग फलाउँछ । सन् २०१७ मा विश्वभर झण्डै ३ करोड टन कोदो उत्पादन भयो ।

भारतले १ करोड १५ लाख टन भन्दा बढी कोदो फलाएर विश्वमै पहिलो स्थान ओगट्यो । ३८ लाख टन कोदो फलाउँदै नाइजर दोस्रोमा रह्यो भने २० लाख टन कोदो फलाएर चिन तेस्रो स्थानमा आयो । सन् २०१७ मा ३ लाख ६ हजार टन कोदो फलाएर नेपाल विश्वकै बढी कोदो फलाउने देशमा १५ औं स्थानमा रह्यो । विश्व खाद्य संगठनका अनुसार यसको ५६ बर्षअघि सन् १९६१ मा नेपालले ६३ हजार टन कोदो फलाएको थियो ।

पुसको पहिलो साता माईहिमाल गाउँमा पुग्दा मानिसहरु पानीले भिजेको कोदो सुकाउन व्यस्त थिए ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा पर्ने गिराञ्चौर एकिकृत बस्तीका वासिन्दा पनि बस्तीमा रहेका साना घर र सानै आँगनमा नआँटेर बाटैभरि कोदो सुकाउँदै थिए ।

माईहिमालले शहर रमाईरहँदा गाउँ रोइरहेको देख्यो । अनि सामाजिक सञ्जालभरि देखावटी खुशी छाईरहँदा हिमाली बस्तीमा भित्रभित्रै पिडा र दुःख मडारिईरहेको देख्यो ।

 

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019