सिताके च्याउः शाकाहारीका लागि भिटामिन डि को एकमात्र स्रोत – Myhimaldotcom
Thursday 2, May 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

सिताके च्याउः शाकाहारीका लागि भिटामिन डि को एकमात्र स्रोत

माइहिमाल डट कम , ११ पुष २०७६, शुक्रबार १८:१५

संसारमै बर्षभरिमा फलाइने कुल च्याउ मध्ये २५ प्रतिशत सिताके च्याउ उब्जाइन्छ ।

विश्वमा उब्जने सिताके च्याउको ८३ प्रतिशत जापानमा उब्जन्छ । जापानपछि अमेरिका, क्यानडा, सिंगापुर र चिन यसकाे खेति गर्ने देश हुन । नेपालमा पनि यसको खेति गरिन्छ ।

हेल्थलाईन डट कमका अनुसार यसको सेवनले क्यान्सरका सेललाई बढ्न दिंदैन । रोगसँग लड्ने शक्ति बढाउँछ । मुटुलाई स्वस्थ राख्छ, खराब कोलस्ट्रोल घटाउन सहयोग गर्छ । प्राेष्टेटका बिरामीलाइ याे निकै उपयाेगी हुन्छ ।

बढ्दो उमेरसँगै मानिसको रोगसँग लड्ने शक्ति घट्दै जान्छ । तर सिताके च्याउ खानाले उमेरसँगै रोगसँग लड्ने शक्ति घट्ने क्रमलाई केही हदसम्म भए पनि कम गर्न सकिन्छ ।

सिताके पुर्वी एशियाको रैथाने प्रजाति हो । यो उत्तिस, कटुस, पैयुँ, ओखर लगायतका कडा काठमा हुर्कन्छ ।

यसलाई ताजा वा सुकाएर खान सकिन्छ ।

पुस माघ महिनामा काटेको काठलाई दश दिनदेखि १ महिना सम्म सुकाएर डेढ देखि २ सेन्टिमिटरको प्वाल पारि यसको बिउ हालेर मैनले टाल्नुपर्छ ।

रोपेको सात आठ महिनामा च्याउन उम्रन थाल्छ । टिपेको पन्ध्र बीस दिनपछि फेरि अर्को उम्रन्छ । असोज देखि चैत सम्म राम्ररी उम्रने सिताके च्याउ बैशाखपछि अलि कम उम्रन्छ ।

काठमा पानीको मात्रा हेरि दिनमा एकपटक पानी हाल्नुपर्छ । एकचोटि सिताके रोपेको काठ चार बर्षसम्म प्रयोग गर्न सकिन्छ ।

शाकाहारी खानामा भिटामिन डि को एकमात्र स्रोत घाममा सुकाएको सिताके च्याउ हो ।

फ्रिजमा राखेको सिताके च्याउ टिपेको १४ दिनसम्म ताजै हुन्छ ।

(तस्वीरहरु जिरीको कलङका किसान किरण खड्काले गरेको सिताके च्याउ खेतिका हुन ।)

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019