हेर्दै घुम्दै : च्छाे राेल्पा जाने छाेटाे बाटाे
दाेलखाकाे मार्बु, कोप्लाङ, च्छोकुम, ढोरखर्क र ५,३०० मीटर उचाइको यलुङ पास हुँदै जाँदा बाटोमा नेपालकै सबैभन्दा उचाइमा बनिरहेको खानीखोला १ जलविद्युत आयोजना, रेड पाण्डा र हिउँ चितुवा जस्ता दुर्लभ वन्यजन्तुको वासस्थान क्षेत्रमा समेत पुगिन्छ । च्छोकुम क्षेत्रमा रहेका लामपोखरी, पात्लेपोखरी, कालापोखरी, भुतेपोखरी लगायत डाँडामा भेटिने सम्म मैदान, यलुङ ग्लेसियर, रामदुङ ग्लेसियर र गाैरीशकर हिमश्रृङ्खलाका मनाेरम दृश्यहरु यो बाटोका थप आकर्षण हुन ।
भिडियाे हेर्न तलकाे लिंकमा जानुहाेला वा सिधै माइहिमाल टिभिमा पनि हेर्न सकिन्छ ।