Warning: Uninitialized string offset 0 in /www/wwwroot/myhimal.com/myhimal/public_html/wp-content/plugins/nepali-post-date/nepali-post-date.php on line 2

Warning: Uninitialized string offset 0 in /www/wwwroot/myhimal.com/myhimal/public_html/wp-content/plugins/nepali-post-date/nepali-post-date.php on line 2
हिमालका महिला, बालबालिका र जेष्ठ नागरिकहरुसम्म पुग्नु छ – मन्त्री गुरुङ – Myhimaldotcom
Saturday 19, April 2025
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

हिमालका महिला, बालबालिका र जेष्ठ नागरिकहरुसम्म पुग्नु छ – मन्त्री गुरुङ

माइहिमाल डट कम , ५ मंसिर २०७६, बिहीबार १०:५३

“हिमालका महिला, हिमालका बालबालिका र हिमालका जेष्ठ नागरिक सम्म पुग्नु अबको हाम्रो काम हुनेछ । यो काम मन्त्री एक्लैले गर्न सक्ने होइन । यसमा सम्पुर्ण कर्मचारी, विभिन्न संगठनमा आवद्ध व्यक्तिहरु र आम नागरिकको सहयोग आवश्यक छ ।” नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले शपथ ग्रहण लगत्तै मन्त्रीलाई स्वागत गर्न आयोजना गरिएको कार्यक्रममा भन्नुभयो । “संविधानले गरेको व्यवस्था, मन्त्रालयले तय गरेका काम र जनताले प्रत्यक्ष अनुभुति गर्ने काम नै मेरा प्राथमिकता हुन ।” मन्त्री गुरुङले अगाडि थप्नुभयो, “दुर्गम र विशेष गरि हिमालमा बस्ने त्यसमा पनि महिला, बालबालिका र जेष्ठ नागरिकले समेत सरकार भएको अनुभुति गर्न पाउन ।

आफ्नो जिम्मेवारी सुम्पन मन्त्रालय पुग्नुभएकी पुर्वमन्त्री थममाया थापा मगरले २१ महिना मन्त्रालयमा काम गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै “कामको सिलसिलामा विभिन्न ठाउँ जाँदा मन्त्रालयका कर्मचारीले दुःख पनि पाउनु भयो होला, यसलाई दुःख नमानी जिम्मेवारी पुरा गरेको मान्न” आग्रह गर्नुभयो । पुर्वमन्त्री थापा मगरले नयाँ मन्त्री गुरुङलाई बधाई दिंदै भन्नुभयो, – “जनतासम्म पुग्ने काम गर्न मेरो सदैव सहयोग हुनेछ ।”

नवनियुक्त मन्त्रीलाई स्वागत र निवर्तमान मन्त्रीलाई विदाई गरिएको उक्त कार्यक्रममा मन्त्रालयका सचिव चन्द्र घिमिरेले “मन्त्रालयले महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग र अन्तरराष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संघ संस्थाहरु गरि पाँच वटा मुख्य क्षेत्रमा काम गरिरहेको” बताउनुभयो ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा नवनियुक्त ६ जना मन्त्रीलाई शपथ ग्रहण गराउनुभएको थियो । सोही समारोहमा नवनियुक्त ३ जना राज्यमन्त्रीलाई प्रधानमन्त्रीले पद तथा गोपनियताको शपथ गराउनुभएको थियो ।

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019